दलाल पुँजीलाई पोषेर देशमा समाजवाद सम्भव छैन : माधव नेपाल

  • कालिका खवर
  • शनिबार, साउन ७, २०७९
  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोषेर देशमा समाजवाद आउन नसक्ने दाबी गर्नुभएको छ ।

    शनिवार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  उहाँले दलाल पुँजीलाई पोषेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रबर्द्धन सम्भव नहुने बताउनु भयो । उहाँले देशको राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको भन्दै यसलाई निमिट्यान्न पारेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष नेपालले पुष्पलालबाट दिक्षित भएर नै नयाँ पार्टी खोलेको बताउनु भयो । उहाँले आफूले इतिहासका पानाहरु निर्माण गरेको र इतिहासमा नयाँ कीर्तिमान कायम गरेको उल्लेख गर्नुभयो ।

    ‘अहिले पनि हाम्रा सामु धेरै चुनौतीहरु छन् । तर डराउनुपर्ने अवस्था छैन । हामीले नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौँ । इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छौँ । कसैले असम्भव ठानेका कुरालाई सम्भव तुल्याएर देखाएका छौँ । खास गरेर पुष्पलालबाट दिक्षित भएका हामीले नेकपा (एकीकृत समाजवादी) क्रान्तिकारी पार्टी खोलेका छौँ । जसले छुट्टै अस्तित्व देखाएको छ’ उहाँले भन्नुभयो, ‘अस्तित्व भनेको आफ्नै क्रान्तिकारी चरित्रको आधारमा नै अरुभन्दा भिन्न रुपमा प्रस्तुत भएर नै स्वच्छ, इमान्दार राजनीतिको निम्ति, समर्पित राजनीतिको निम्ति देश र जनाताको निम्ति हामीले अग्रसरता लिनुपर्ने आवश्यक्ता छ । हाम्रो राजनीतिको केन्द्रबिन्दु देश र जनता हुनेछ । राजनीतिमा विकृतिहरु, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको छ । भ्रष्ट प्रवृति देखिरहेको छ । दलाल पुँजीलाई पोषेर, प्रोत्साहन दिएर, देशको अर्थतन्त्रमा नोक्शान पुर्‍याएर देशमा समाजवाद आउने र राष्ट्रिय पुँजीको प्रबर्द्धन हुनेकुरा सम्भव छैन ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs