प्रचण्ड र माधव नेपाल गद्दार हुन् : महासचिव पोखरेल

  • कालिका खवर
  • शनिबार, साउन ७, २०७९
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा एमालेबाहेक अन्य दलहरु वास्तविक लोकतन्त्रवादी नभएको टिप्पणी गरेका छन् । उनले यदि नेपालमा वास्तविक लोकतन्त्रवादी छन् भने एमालेहरू मात्रै भएको बताए ।
    शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘हिजो प्रचण्ड र माधव नेपालले एमाले विभाजन गरेपनि जनताको नेतृत्व गर्न नसक्ने समयले पुष्टि गरिसकेको छ ।’साथै उनले माधव नेपाल र प्रचण्ड कम्युनिष्ट आन्दोलनका गद्दारहरू भएको टिप्पणी समेत गर्न भ्याए । उनले भने, ‘०४५ सालदेखि माओवादीको नेतृत्व गरिरहेका प्रचण्ड अहिलेसम्म आफ्नो ठाउँमा पुग्ने हाराहारीमा पार्टीभित्र नेता जन्मिएको छैन भन्नुहुन्छ । त्यो उहाँको भ्रमपूर्ण तर्क हो ।’ उनले माधव नेपाललाई आदर्शका गफ दिने व्यक्तिको रुपमा समेत चित्रित गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs