तस्करसँग उठाएको रकमको बिषयमा सुरक्षाकर्मीहरु बिच हात–हालाहाल

  • कालिका खवर
  • आइतवार, साउन ८, २०७९
  • बीरगन्ज – तस्करीबाट उठेको रकम लेनदेनको बिषयमा कुरा मिल्न नसक्दा नेपाल र सशत्र प्रहरी वलका प्रहरीहरु बिच हातहाला–हाल भएको छ । बीरगन्जको इनर्वा प्रहरी चौकी नजिकै दुबै संगठनका प्रहरीहरु बिच धक्का मुकी भएको भिडियो सार्वजनिक भएको छ । प्रहरी सेटिङ्गमा सिमामा हुने गरेको तस्करीको बिषयमा दुबै प्रहरी संगठनका कर्मचारीहरु बिच बिवाद भएपछि कुरा हातहाला–हाल सम्म पुगको थियो ।

    सिमा नजिकै नेपाल प्रहरी टाईगर टोलीको टिम वसी रहेको वेला पुगेको सशत्र प्रहरी वलका प्रहरीहरुले सिमा नाकामा बसेर तस्करहरुसँग रकम असुली गरेको आरोप लगाएपछि बिवाद भएको बुझिएको छ ।

    यता नेपाल प्रहरीका जवानहरुले आफुलाई प्राप्त भएको सूचनाको अधारमा हुण्डी कारोवारीलाई पक्राउ गर्न कुरेको वताएका छन् । आफुहरु हुण्डीकारोवारीलाई पक्राउ गर्न कुरेको भएपनि सशत्र प्रहरी वलका प्रहरीहरुले एकएक आएर धक्का दिएपछि बिवाद भएको नेपाल प्रहरीका जवानहरुले आरोप लगाएका छन् । टाईगर टोलीले हुण्डीबाट ८ लाख रुपैया आइरहेको सूचना प्राप्त भएपनि सशत्र प्रहरी वल कारण भाग्न सफल भएको आरोप लगाएका छन् । प्रहरीहरु बिच शंकराचार्य गेट नजिकै बिवाद हुँदा भिड जम्मा भएको थियो । भिडबाट कसैले प्रहरीहरु बिच भएको बिवादको भिडियो बनाएर पत्रकारहरुलाई पठाएपछि घटना सार्वजनिक भएको छ ।

    सशत्र प्रहरी वल १३ गण पर्साका प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले बिवाद समान्य रहेको बताएका छन् । घटनाको बिषयमा आफुले बुझी रहेको नेपाल प्रहरी अथवा सशत्र प्रहरीका जवानहरु जो दोषी देखिए नियम अनुसारी कारवाही  हुने पोखरेलले बताउनु भयो । उनले घटनाको बिषयमा नेपाल प्रहरीका पर्सा प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार वस्नेतसँग कुराकानी भएको वहाँले बताउनु भयो । घटना शनिवारको दिउँसोको भएपनि भिडियो सार्वजनिक भएपछि मात्र भन्सारको युनिटले जिल्लामा जाहेरी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs