खरानी पनि आयात हुन्छ भन्ने सुन्दा दुःख लागेकाे छ : सभामुख सापकाेटा

  • कालिका खवर
  • सोमवार, साउन ९, २०७९
  • सभामुख अग्निप्रसाद सापकोटाले नेपालमा खरानी पनि आयात हुन्छ भनेकाे सुन्दा दुःख लागेकाे बताउनुभएकाे छ । आज साेमवार काठमाण्डाैमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताउनुभएको हो । उहाँले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्बर भूमिमा दुई खर्ब ५० करोड रुपैयाँको खाद्यवस्तु आयात हुनु दुःखद भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘हामी कति बिडम्वनापूर्ण स्थितिमा बाचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं । जनै लाउँछौँ तर नलगाउनेले चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै । खरानीसमेत नेपालमा आयात हुन्छ । यो सुनेर आफैँ अचम्मित छु । दुई खर्ब ५० करोड रुपैयाँको हामी खाद्यवस्तु आयात गर्छौं । योभन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ?’

    सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तर्विराेध मडारिन थालेको बताउनुभयो । उहाँले संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताउनुभयो । नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता रहेको उहाँकाे भनाइ थियाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs