चेस ओलम्पियाड टिमको अभिमुखिकरण कार्यक्रम शुरु

  • कालिका खवर
  • सोमवार, साउन ९, २०७९
  • काठमाडौं। मित्रराष्ट्र भारतको चेन्नई शहरमा आयोजना हुने ४४ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलिको अभिमुखिकरण कार्यक्रम शुरु भएको छ ।

    नेपाल बुद्धिचाल संघको आयोजनामा सोमबार काठमाडौंको ठमेल पार्क होटलमा शुरु भएको कार्यक्रममा ओलम्पियाड टोलिका खेलाडी तथा अफिसियल हरुको सहभागीता रहेको छ ।

    मंगलबार सम्पन्न हुने दुई दिने कार्यक्रममा मनोविज्ञान, मोटिमेशन, खेल शैली तथा प्राविधिक विषयका प्रस्तुतिमाथि छलफल हुनेछ ।

    कार्यक्रमको पहिलो दिन मनोविद डाक्टर नरेन्द्र ठगुन्ना, नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम, उपाध्यक्ष नारायणदास गमाल, महासचिव धरम बहादुर लामा तथा सचिव उमेश केसीले विभिन्न विषयमा आ–आफ्नो धारणा राखेका छन् ।

    कार्यक्रमको दोश्रो दिन पूर्व नेशनल च्याम्पियन एवं ओलम्पियाड खेलाडीद्धय सुरवीर लामा तथा केशव श्रेष्ठ लगायतले अनुभव बाँड्ने कार्यक्रम रहेको छ ।

    आगामी जुलाईको २८ तारिखमा उद्घाट्न भई अगस्ट ९ मा सम्पन्न हुने ओलम्पियाडको पुरुषतर्फको टिममा वर्तमान नेशनल च्याम्पियन पुरुषोतम चौंलागाईं सहित फिडेमास्टरद्धय रुपेश जयसवाल तथा क्षितीज भण्डारी एवं क्यान्डिडेटमास्टरद्धय विवेक थिङ तथा मिलन लामा रहेका छन् ।

    त्यसैगरी महिलातर्फ नेशनल च्याम्पियन सुजना लोहनी सहित कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति थिङ रहेका छन् । सहभागी खेलाडी मध्ये रुपेशले २०१२ (रसिया) एवं २०१८ (जर्जिया) को अनुभव संगाली सकेका छन् भने सुजनासँग २०१६९अवरवैजान० तथा २०१८ (जर्जिया) को अनुभव रहेको छ ।

    त्यस्तै क्षितिज भण्डारी २०१६ (अजरवैजान) तथा विवेक २०१८ (जर्जिया) ओलम्पियाडमा सहभागी भएका छन् । अन्य खेलाडीको हकमा चेन्नाई ओलम्पियाड नयाँ अनुभव हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs