जति दिन बाँच्छु, सामाजिक कार्यमा लाग्छु : रामचन्द्र पाैडेल

  • कालिका खवर
  • मङ्लबार, साउन १०, २०७९
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाँचुन्जेल सामजिक कार्यमा लाग्ने बताउनुभएको छ । व्यास नगरपालिका १४ कुलुङ्गमा आज मङ्गलवार कार्यकर्तासँग भेटघाट गर्दै उहाँले आउँदा दिनमा काम गरेर देखाउने उल्लेख गर्नुभयो ।

    ‘म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु’, नेता पौडेलले भन्नुभयो । व्यास नगरपालिका १२ को छिर्कनबाट व्यास–१४ को कुलुड हुँदै केशवटार जोड्ने सडक निर्माण गर्न आफूले विशेष पहल गरेको उहाँले बताउनुभयो । कुलुङ्ग, छाब्दी र बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा नेता पौडेलले जोड दिनुभयो ।

    पर्यटकीय प्रवर्द्धनका लागि जिल्लाका ऐतिहासिक एवम् धार्मिक क्षेत्रको संरक्षण र संवर्द्धनमा जोड दिन आवश्यक रहेको उहाँले बताउनुभयो । विगतमा रोकिएका विकास निर्माणका कामलाई निरन्तरता दिइने नेता पौडेलले उल्लेख गर्नुभयो । उहाँका साथमा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विक पनि रहनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs