एसईईमा सबैभन्दा धेरै विद्यार्थीले ल्याए २ दशमलव १ देखि २ दशमलव ४ जीपीए

  • कालिका खवर
  • बुधबार, साउन ११, २०७९
  • राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो ।

    यसपटकको एसईईमा  ३ दशमलव ६१ देखि ४ ग्रेड ल्याउनेको संख्या १ दशमलव ९४ प्रतिशत रहेका छन् ।  यस्तै नन ग्रेड ल्याउनेको संख्या ४ दशमलव ५५ रहेको छ भने शून्य दशमलव ८१ देखि १ दशमलव  २ जीपीए ल्याउनेको संख्या शून्य दशमलव ६६ प्रतिशत रहेको छ ।

    यस्तै १ दशमलव २१ देखि १ दशमलव ६० जीपीए ल्याउनेको संख्या ९ प्रतिशत, १ दशमलव ६१ जीपीएदेखि २ दशमलव शून्य जीपीए ल्याउनेको संख्या २० दशमलव २९ प्रतिशत, २ दशमलव ०१ देखि २ दशमलव ४ जीपीए ल्याउनेको संख्या २२ दशमलव ७४ प्रतिशत, २ दशमलव ४१ देखि २ दशमलव ८० जीपीए ल्याउनेको संख्या १८ दशमलव ३१ प्रतिशत रहेको छ । यस्तै २ दशमलव ८१ देखि ३ दशमलव २ जीपीए ल्याउनेको संख्या १४ दशमलव १३ प्रतिशत र ३ दशमलव २१ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको संख्या १ दशमलव ४ प्रतिशत रहेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गएको  वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका दुई लाख ५७ हजार ९ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs