सयपत्री हाइड्रोपावरको आईपीओ खुल्यो, अन्तिम मिति साउन १७

  • कालिका खवर
  • बुधबार, साउन ११, २०७९
  • काठमाडौं, ११ साउन, सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि शुक्रबारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

    कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गर्न लागेको हो । यसमध्ये ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

    बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने छन् । १७ साउनभित्र आवेदन दिनुपर्नेछ ।

    आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय साथै मेरो सेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs