झापाको ब्याडमिन्टन कोर्टमा ओलीको एक घन्टा

  • कालिका खवर
  • बिहिबार, साउन १२, २०७९
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै समय नियमित जस्तो ब्याडमिन्टन खेल्थे । शारीरिक ब्यायामका लागि ब्याडमिन्टन खेल्दा उनले पार्टीका थुप्रै नेतालाई हराएका छन्, थुप्रै नेतासँग हारेका छन् ।

    १०/१२ वर्ष भयो, उनले ब्याडमिन्टन खेलेका थिएनन् । बुधबार गृहजिल्ला झापा पुगेका ओली बिहीबार विहानै फेरि ब्याडमिन्टन कोर्टमा झुल्किए । महानन्द चोकस्थित बिग ब्रदर्श ब्याडमिन्टनमा पुगेका उनले करिव एक घण्टा खेले । उनले घरि सटललाई र्‍याकेटमा राखेर सर्भिस गरे । विपक्षी टोलीले हानेको प्रहारलाई रिसिभ गर्ने क्रममा कहिले ब्याक ह्यान्ड, कहिले फोरह्यान्ड र स्म्यासमै एक घन्टा खर्च गरे । देखिजान्नेहरुका अनुसार उनको ट्याकल खेलको नियमभित्रै थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs