चन्द्रागिरिमा आतङ्क मच्चाउने राँगोलाई गोली हानेर मारियाे

  • कालिका खवर
  • शुक्रबार, साउन १३, २०७९
  • काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरि नगरपालिका–४ गोदामचौरमा एउटा राँगोलाई गोली हानेर मारिएको छ ।

    थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान साढे ३ बजेतिर झार्ने क्रममा भागेको थियो ।

    राँगो त्रिभुवनपार्क, गोदामचौर हुँदै झन्डै तीन किलोमिटर भागेपछि बारीमा पसेको थियो ।

    भागेर आतङ्क मच्चाएको राँगाेलाई  झन्डै चार घण्टापछि गोली हानेर मारिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs