
काठमाडौं । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजबाट सुरु भएको छ ।
नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिनासम्म मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । यसैक्रममा आज बिहान स्वयम्भू महाचैत्यको परिक्रमा गरिएको छ ।