रिहानको उपचारमा ग्राण्डी अस्पताल संवेदनशील नभएको उच्च अदालतको ठहर

  • कालिका खवर
  • शुक्रबार, साउन १३, २०७९
  • काडमाडौंका एकता घिमिरे र सञ्जीव न्यौपानेका नवजात छोरा रिहानलाई उपचार गर्दा लापरबाही गरेको भन्दै ३५ लाख तिराउने गरी उच्च अदालतले गरेको फैसलाको पूर्णपाठ  सार्वजनिक भएको छ।

    न्यायाधीश  सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले जेठ ९ गते गरेको फैसलाको पूर्णपाठमा ग्राण्डी अस्पतालले रिहानको उपचार गर्दा चरम लापरवाही गरेको भन्दै पीडितलाई  ३५ लाख भराउन आदेश गरेको छ।

    चिकित्सक होसियार नभई हेलचक्र्याइँपूर्वक बिरामीको चेकजाँच गरेमा चिकित्सकको सो कार्य लापरवाहीअन्तर्गत पर्दछ। चिकित्साशास्त्र अन्तर्गत चिकित्सकको गल्ती वा लापरवाही वा व्यवसायीक मापदण्ड अनुरूपको कर्तव्य पूरा गरेको भए नोक्सानी हुने अवस्था नै सिर्जना हुने थिएन,’ फैसलामा भनिएको छ, ‘प्रस्तुत मुद्दाको सन्दर्भमा मिसिल संलग्न प्रमाण कागजहरूबाट बिरामीप्रति सो अस्पतालबाट विशेष ख्याल भएको भन्ने देखिन आएन। बच्चालाई त्यस अस्पतालबाट उपचार गर्दागर्दै पनि सो अवस्थामा उपचार गर्न नसकिने अवस्था भएमा अन्य अस्पताल रेफर गर्न सक्ने अवस्था देखिन्छ, तर अस्पतालबाट अन्यत्र पठाउने प्रयाससम्म पनि गरेको देखिँदैन। त्यस अस्पतालबाट पनि बच्चाको संवेदनशिलतामा खासै ख्याल पुर्‍याएको पनि पाइएन।’

    नेपाल मेडिकल काउन्सिलले २०७६ मंसिरमा ग्राण्डी अस्पतालका निर्देशक, व्यवस्थापन प्रमुख, बाल विभागलाई सचेत गराएको साथै उपचारमा संलग्न डाक्टर दिपिका ढकाललाई दोषि देखाएपछि अस्पतालले निष्कासन गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs