ठमेलको व्यवस्थापनका लागि महानगरसंग परिषदकाे १० बुदे माग

  • कालिका खवर
  • शनिबार, साउन १४, २०७९
  • काठमाडौं । ठमेल पर्यटन विकास परिषदले काठमाडौ महानगरपालिका र सम्बन्धित वडासंग ठमेल क्षेत्रको व्यवस्थापनका लागि आवश्यक सहयोग गरिदिन माग गरेको छ ।
    परिषदले मेयर बालेन्द्र शाह र ठमेलसँग सम्बन्धित वडा कार्यालयका प्रमुखहरुलाई ठमेलमा निमन्त्रणा गरि ठमेल भ्रमण तथा अवलोकन गराई ठमेल क्षेत्रमा भएका समस्या र त्यसको व्यवस्थापनका लागि सहयोग गर्न माग गरेको हो ।

    फोहोर व्यवस्थापन, तार तथा होडिङ बोर्ड व्यवस्थापन, सिसिक्यामेरा व्यवस्थापन, ढल तथा सडक बत्ति व्यवस्थापन, सडक बालबालिका, माग्ने र ठेलागाडा व्यवस्थापन, सार्वजनिक सौचालय र सूचना केन्द्र व्यवस्थापनमा आवश्यक सहयोग र सहजीकरणका लागि परिषदले माग गरेको अध्यक्ष भविश्वर शर्माले जानकारी दिनुभयो । यस्तै सडक महोत्सव र परिषदकाे भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गरिदिन पनि उहाँले माग गर्नुभएको छ ।

    नेपाल भ्रमणमा आउने ८० प्रतिशत पर्यटन खान, बस्न वा घुम्नका लागि ठमेल आउने गर्छन् । तर उनीहरुले विभिना समस्या भोग्नुपरेको अवस्था रहेकाले महानगर र वडा कार्यालयले आवश्यक सहयोग र सहजीकरणको अपेक्षा गरेको अध्यक्ष शर्माले बताउनु भयो । ठमेलमा अहिले करिव १० हजारभन्दा बढी व्यवसाय रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs