बन्जी जम्प गर्ने ओलीको रहर

  • कालिका खवर
  • शनिबार, साउन १४, २०७९
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना गरेका छन् ।

    शनिबार युवा संघले गरेको कार्यक्रममा उनले बन्जी जम्पमा जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताए । मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ । डाक्टरलाई सोधेर जानुपर्छ’ उनले भने तर युवाले डाक्टरलाई नसोधी बन्जी जम्प गर्न सक्ने ओलीले बताए । युवाले साहसिक खेल, पर्वतारोहणजस्ता क्रियाकलापमा सहभागी हुनुपर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs