बोतलको प्लाष्टिक धनराजले भुइँमा फाले, बालेनले खल्तीमा हाले

  • कालिका खवर
  • शनिबार, साउन १४, २०७९
  • सामाजिक सञ्जाल टिकटकमा अहिले एउटा भिडिओ भाइरल छ।

    भिडिओमा काठमाडौं महानगरका मेयर बालेन शाह र पोखरा महानगरका मेयर धनराज आचार्य देखिन्छन्। उनीहरू पानीको बोतल बिर्को खोलेर खाँदैछन्।

    पानी बोतलको बिर्कोमा लगाइएको प्लाष्टिक खोलेर बालेन कोटको खल्तीमा राख्छन्। भिडिओमा पोखराका मेयर धनराजले भने त्यही प्लाष्टिक भुँइमा फालेका छन्। समय नेपाल टिभी नामक टिकटकमा राखिएको उक्त भिडिओमा लेखिएको छ– ‘बालेनबाट केही सिक्ने कि मेयर साब धनराज जी।’

    सराङकोटको बन्द कोठामा देशका ६ वटै महानगरका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलगायत विज्ञहरू छलफलमा व्यस्त छन्। महानगर मेयर सम्मेलनमा सहभागी हुन आएका उनीहरूलाई पोखराका मेयर धनराजले शुक्रबार सभागृहमा लोकदोहोरी प्रतियोगिता हेर्न लगेका थिए।

    खचाखच दर्शकको भिडमा अघिल्लो रोमा बसेका मेयरहरूको टोलीमा धनराज र बालेन सँगसँगै बसेका थिए। स्वयंसेवकले दिएको पानी बोतल खोलेर खाने क्रममा धनराजले प्लाष्टिक भुइँमा फालेको प्रत्यक्षदर्शी सन्देश बरालले बताए।

    ‘काठमाडौंका मेयर बालेन र उपमेयर सुनिता डंगोलले प्लाष्टिक खल्तीमा हाल्नुभएको थियो, बाँकी सबैले भुइँमा फाले,’ उनले भने, ‘बालेन र धनराजको भिडिओ खिच्दा उक्त दृश्य क्यामेरामा कैद हुन पुग्यो।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs