अमेरिकी राष्ट्रपति बाइडेनलाई फेरि कोभिड-१९ को सङ्क्रमण

  • कालिका खवर
  • आइतवार, साउन १५, २०७९
  • अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फेरि कोभिड-१९ को सङ्क्रमण देखिएको छ ।

    ७९ वर्षीय राष्ट्रपति बाइडेनको शनिवार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको राष्ट्रपतिका डाक्टरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    फेरि कोभिडको सङ्क्रमण देखिएपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउसमै आइसोलेशनमा बस्नुभएकाे खबरमा उल्लेख छ ।  उहाँलाई जुलाई २१ तारिख अर्थात साउन ५ गते मा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । उहाँले आफूलाई कुनै लक्षण नदेखिए पनि आफ्नो सम्पर्कमा आउनेलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।

    गएको मङ्गलवार र शुक्रवारको बीचमा चार पटक परीक्षण गर्दा राष्ट्रपति बाइडेनको नतिजा नेगेटिभ आएको थियो । उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डाक्टरले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs