जनार्दन शर्माले आजै अर्थमन्त्रीको सपथ लिने

  • कालिका खवर
  • आइतवार, साउन १५, २०७९
  • नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन्। स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको छ।

    पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्। प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन्।

    आर्थिक वर्ष २०७९\०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए।

    सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs