टिकटकबाट सरकारको भण्डाफोर गर्नुस् : एमाले सचिव भट्ट

  • कालिका खवर
  • आइतवार, साउन १५, २०७९
  • नेकपा एमालेका सचिव लेखराज भट्टले टिकटकमार्फत सरकारको क्रियाकलापको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    आइइतबार नेकपा एमाले डोटीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, ‘वर्तमान सरकारका गलत क्रियाकलापहरुलाई भण्डाफोर हुने गरी टिकटक बनाउनु होला ।’ उनले छाडा संसकृतिलाई प्रोत्साहन हुने गरी टिकटक बनाउन नहुने पनि बताए । ‘टिकटक नबनाउनुस् म भन्दिन, बनाउनुस् तर तपाईले बनाएको टिकटक देशको पक्षमा हुनुपर्‍यो, राष्ट्रियताको पक्षमा हुनुपर्‍यो’ उनले भने, ‘तपाईले बनाएको टिकटकले कसैको भावनालाई चोट नपुगोस् ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs