महँगी र भ्रष्टाचारविरुद्ध एमालेले आज काठमाण्डौको बसन्तपुरमा प्रदर्शन गर्दै

  • कालिका खवर
  • सोमवार, साउन १६, २०७९
  • काठमाण्डाै – नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाण्डौमा जनप्रदर्शन गर्ने भएको छ ।

    सरकारले महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमालेले जनप्रदर्शन गर्न लागेको हो । दिउँसो २ बजे वसन्तपुरबाट जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ ।

    एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महँगीले नागरिक ठूलो मारमा परे पनि महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खबरदारी गर्न लागेको बताउनुभयो ।

    उहाँले जनप्रदर्शनलाई व्यवस्थित र सङ्गठित शक्तिलाई परिचालन गर्न निर्देशन दिनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs