महाकाली सन्धिमा कमजोरी भयो : एमाले अध्यक्ष ओली

  • कालिका खवर
  • सोमवार, साउन १६, २०७९
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिमा कमजोरी भएको स्वीकार गरेका छन् । सोमबार पूर्वजलश्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक लोकार्पण कार्यक्रममा ओलीले तल्लो सारदा नहरलाई पानी नछुट्याउनु पनि कमजोरी भएको बताएका हुन् ।

    २०४८ सालमा भएको टनपकुर सम्झौतालाई समझदारी भनेर संसद छल्न खोजेपनि आफूहरुले नदिएको ओलीले बताए । त्यसका बाबजुद सन्धि गर्ने क्रममा कमजोरी भएको उनले स्वीकारे । ‘धेरै अगाडिदेखि तल्लो सारदा नहर पनि चलिराख्या रहेछ । त्यतिबेला चर्चामा आएन, जसले गर्दा कन्जम्टिभ वाटर भनेको के-के हो भन्ने प्रशस्त छलफल हुन पाएन,’ एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘कतिपय ल्याप्सेस (कमजोरी) रहे ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs