सलमान खानलाई आत्मरक्षाका लागि बन्दुक राख्ने अनुमति

  • कालिका खवर
  • मङ्लबार, साउन १७, २०७९
  • केही समयअघि बलिउड अभिनेता सलमान खानले हतियारको लाइसेन्स माग्दै मुम्बई प्रहरीलाई भेटेको खबर बाहिरिएको थियो ।

    खासगरी मर्निङ वाकमा निस्कनुअघि उनका पिता सलिम र सलमानले ज्यान मार्ने धम्कीसहितको पत्र भेटेपछि असुरक्षा महसुस गरेका थिए । सोहीकारण सलमानले प्रहरी आयुक्तसँग सहयोग मागेका थिए । अब भने सलमानले मुम्बई प्रहरीबाट हतियार राख्ने अनुमति पाएका छन् । लाइसेन्सको लागि प्रहरीलाई अनुरोध गरेपछि प्रहरीले हतियार लाइसेन्स प्रदान गर्नुअघि सलमानलाई दिइएको भनिएको सुरक्षा चुनौतीबारे अनुसन्धान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs