नेविसङ्घको नाम परिवर्तन गरी ‘विश्वविद्यालय बिगार्ने सङ्घ’ राख्न एमाले सांसदकाे प्रस्ताव

  • कालिका खवर
  • मङ्लबार, साउन १७, २०७९
  • काठमाण्डौ – नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन (नेविसङ्घ) को नाम परिवर्तन गरी (वि.बि.सङ्घ) राख्नुपर्ने बताउनुभएको छ ।

    आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले नेपाल विद्यार्थी सङ्घको नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने सङ्घ राख्न आग्रह गर्नुभएको हो । उहाँले नेविसङ्घकै कारण अहिले त्रिभुवन विश्वविद्यालयको दुर्दशा भइरहेको भन्दै शिक्षा ग्रहण गर्ने ठाउँमा जुन समयमा पनि तालाबन्दी भइरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘यो तालाबन्दी कुनै आन्दोलनकारीबाट, कुनै अन्य विद्यार्थी सङ्गठनबाट भएको छैन । यो तालाबन्दी सत्तारूढ पार्टीको, त्यसमा पनि प्रधानमन्त्रीको पार्टी, त्यसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट भएको छ । नेपाल विद्यार्थी सङ्घको नाम अब परिवर्तन गरेर वि.बि.सङ्घ अर्थात् विश्वविद्यालय बिगार्ने सङ्घ राख्न म प्रस्ताव गर्न चाहन्छु । यो हालतमा विश्वविद्यालय पुर्‍याइँदैछ ।’

    सांसद सुनुवारले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू अहिले ४० माथिका भएको भन्दै पाका विद्यार्थी थुपारेर प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टीले विश्वविद्यालय अस्तव्यस्त बनाएको आरोप लगाउनुभयो । उहाँले अहिले विश्वविद्यालयमा ‘बाई द क्रिमिनल’, ‘फर द क्रिमिनल’, ‘अफ द त्रिमिनल’ भन्ने नारा घन्कन थालेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs