घुससहित पक्राउ परेका उपसचिवकाे गाडीबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद

  • कालिका खवर
  • मङ्लबार, साउन १७, २०७९
  • काठमाण्डाै – ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालकाे साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद भएकाे छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयका उपसचिव नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको हाे । गाडीमा भेटिएकाे याे रकमसहित उनकाे साथबाट साढे २२ लाख रुपैयाँ बरामद भएकाे छ ।

    यसअघि आयाेगले उपसचिव नेपाललाई नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेकाे थियाे । उनले पर्यटन व्यवसाय दर्ताका लागि घुस लिइरहेको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs