भारत र बंगलादेश फाइनलमा, नेपाल बाहिरियो

  • कालिका खवर
  • मङ्लबार, साउन १७, २०७९
  • साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन्।

    मंगलबार राति भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा घरेलु टिम भारतले माल्दिभ्सलाई १-० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो। भारतको जितमा खेलको अन्तिम मिनेटमा गुरकिरत सिंहले गोल गरेका थिए।

    यसअघि नेपालसँग १-१ गोलको बराबरी खेलेको बंगलादेशले पनि फाइनलमा स्थान पक्का गरेको थियो।

    भारतले अन्तिम खेलमा जित हात पारेसँगै नेपाल भने फाइनल पुग्नबाट बन्चित भयो। भारत पराजित भएको अवस्थामा मात्र नेपाल फाइनल पुग्ने समिकरण थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs