न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव बढ्दो, चुप नबस्ने चीनको चेतावनी

  • कालिका खवर
  • बुधबार, साउन १८, २०७९
  • अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–ताइवान तथा चीन–अमेरिकाबीच तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेकाे अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ ।

    चिनियाँ उप–विदेशमन्त्री से फेङले पेलोसी भ्रमणको नियत खराब रहेको र यसमा चीन चुप नबस्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । हिजो अबेर ताइवान पुगेकी पेलोसी आज त्यहाँको संसद्मा पुग्नुभएको छ । पेलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुनुहुन्छ । उहाँ बेइजिङको आलोचक समेत मानिनुहुन्छ ।

    चीनले यो भ्रमणविरुद्ध यसअघि पनि चेतावनी दिएको थियो । चीनको परराष्ट्र मन्त्रालयले पेलोसीको भ्रमणप्रति आपत्ति जनाउँदै यो भ्रमणले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन भएको जनाएको छ । ताइवान एउटा स्वशासित टापु हो तर चीनले आफ्नो क्षेत्र मान्दै आएको छ । चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गरेको छ । सन् १९४० को दशकमा चीन र ताइवान अलग भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs