काठमाडौं । संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ ।
बुधबार दिउँसो माइतीघरदेखि नयाँ बानेश्वरसम्म राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका माग राखेका छन् ।