देशको नेतृत्व असक्षमहरुले गरिरहेका छन् : शंकर पोखरेल

  • कालिका खवर
  • बुधबार, साउन १८, २०७९
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन असक्षम भइसकेको बताएका छन् ।

    बुधबार दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा एमाले महासचिव पोखरेलले असक्षम व्यक्तिले सरकारको नेतृत्व गरिरहेको र जनताको आशालाई निरासामा बदल्ने मात्रै काम भइरहेको बताए।

    ‘पाँच दलीय गठबन्धनले एक वर्ष विताइसकेको छ । जनता र राष्ट्रको पक्षमा काम गर्दा गर्दै षड्यन्त्रपूर्वक हटाउने काम भयो,’उनले भने,’ यो गठबन्धनले जनताको आशालाई निरासामा बदल्ने काम गरेको छ । ’

    एमालेको सरकार हुँदा मुलुकको आर्थिक अवस्था राम्रो रहेको र गठबन्धन आएपछि आर्थिक संकट आएको उनको भनाइ छ।

    पोखरेलले भने, ‘हामी सरकारबाट बाहिरिदा यो मुलुकको आर्थिक अवस्था वचतको अवस्थामा थियो । एक वर्ष यो गठबन्धन सरकारले नेतृत्व गरिसकेपछि देश पौने ३ खर्ब घाटामा छ । ‘

    उनले जनता विकास र समृद्धको पक्षमा रहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs