मुक्तिनाथको भेटी गनियो देखियो ६ करोड ९१ लाख मौज्दात

  • कालिका खवर
  • बिहिबार, साउन १९, २०७९
  • मुस्ताङको मुक्तिनाथ विकास समितिको कोषमा ६ करोड ९१ लाख आर्थिक मौज्याद रहेको छ। जसमध्ये जसमध्ये बैंकमा जम्मा भएको ६ करोड ७२ लाख ७६ हजार, सटही नभएको ११ लाख ४९ हजार र बैंकमा जम्मा भएको ब्याज जोडेर समितिको कोषमा उक्त रकम मौज्याद रहेको हो।

    मुक्तिनाथ विकास कोष अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा नगदी रसिद काटेकोबाट १ करोड ३ लाख २९ हजार रकम जम्मा भएको थियो। यस्तै,गत

    आर्थिक वर्षको चैत्र ७ गते  मुक्तिनाथ विकास समितिको दानपेटीका गणना हुँदा १० लाख ८४ हजार जम्मा भएको थियो भने असारको ६ गते दान पेटिकाको भेटी गणना हुँदा ७ लाख ५३ हजार ७ सय नेपाली रुपैयाँ र ६ लाख ३५ हजार भारतीय रुपैयाँ गरी १७ लाख ६९ हजार रकम दान पेटिकामा संकलन भएको मुक्तिनाथ विकास समितिका सदस्य सचिव हरि भुजेलले जानकारी दिए।

    मुक्तिनाथ मन्दिरमा नगद रसिद काटेर दान गरेको र त्यहाँ राखिएको भेटी बाकसमा दान गरेको रकम मुक्तिनाथ विकास समितिको कोषमा जम्मा हुन्छ। २०६४ सालको सेरोफेरामा

    तत्कालीन प्रजिअको अध्यक्षतामा मुक्तिनाथ विकासको तदर्थ समिति गठन गरिएको थियो। तर यो समिति अझै तदर्थ समितिमै सीमित छ। मुक्तिनाथ मन्दिरको विकास ,संरक्षण,व्यवस्थापन र भक्तजनले दान गरेको रकम सही सदुपयोग गराउने उद्देश्यले मुक्तिनाथ विकास समिति गठन गरिएको थियो। तर,समिति गठन भएको विगत ३ वर्ष अघिदेखिबाट मुक्तिनाथको आम्दानी र खर्च सार्वजनिक गर्न थालिएको हो। मुक्तिनाथ रेखदेखका लागि स्थानीय बासिन्दा बेग्लै मुक्तिनाथ स्थानीय संरक्षण समिति पनि गठन भएको छ।

    २०७६ सालको मंसिरसम्म

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs