शिव हमालको रचना, आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको यो गीत मंगलबार युट्युबमा रिलिज भयो । गीतमा मोडल करिश्मा ढकालले पेटिकोट लगाएर नृत्य गरेकी छन् । ‘पापाकी परी’ बोलको यो गीतका केही शब्द र पेटिकोटका दृश्य अपाच्य रहेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । हमाल राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी र विकृति विसंगति न्यूनीकरण संयोजक समेत हुन् । गत महिना विज्ञप्ति जारी गर्दै उनी आफैंले अपाच्य र अभद्र गीत रिलिज गरे कारवाही गर्ने चेतावनी समेत दिएका थिए ।