परिषदको पहलमा अव्यवस्थित तार हटाउन ७ सदस्यीय समिती गठन

  • कालिका खवर
  • बिहिबार, साउन १९, २०७९
  • काठमाडौं । ठमेल पर्यटन विकास परिषदले ठमेल क्षेत्रमा अव्यवस्थित तरिकाबाट राखीएका तारहरु हटाउन पहल गरेको छ । श्रावण १९ गते परिषद र  विभिन्न सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूबिछ पर्यसद्को कार्यलय ठमेलमा बसेको सयुक्त बैठकले अव्यवस्थित तार हटाउन ७ सदस्यीय समिती गठन गरेको छ ।  अव्यवस्थित तारहरुले ठमेललाई कुरुप बनाएको छ । समितिमा परिसदको तर्फबाट उपाध्यक्ष सहदेव धमला, आइस्यान तथा केवल टि.भि. संघबाट सुदिप पराजुली, आइस्यानबाट सुवास खड्का, नेपाल टेलिकमबाट सरीता महर्जन, सुनिल कर्ण र दिपेन्द्र बुढाथोकी तथा एन सि एल बाट बिनायक बुढाथोकी रहेका छन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs