२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारत र बङ्लादेश खेल्दै

  • कालिका खवर
  • शुक्रबार, साउन २०, २०७९
  • २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र बङ्लादेश खेल्दैछन् ।

    खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदान बेलुका सवा ७ बजे सुरु हुनेछ । बङ्लादेश शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

    गएको मङ्गलवार भएको खेलमा साविक विजेता भारत माल्दिभ्सलाई १–० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।

    त्यस्तै बङ्लादेशसँगको खेलमा एक/एक गोलको बराबरी खेलेको नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

    माल्दिभ्ससँगको खेलमा रातो कार्ड पाएका भारतका पार्थिव सुन्दर गोगोईले आजको खेल गुमाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs