प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

  • कालिका खवर
  • आइतवार, साउन २२, २०७९
  • काठमाडौं । मंसिर ४ को प्रतिनिधिसभा चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्छन् भन्ने जति ढुक्कका साथ भन्न सकिन्छ, उनको चुनाव क्षेत्रबारे भने त्यति नै संशय छ ।

    खुला राजनीतिमा आएपछि प्रचण्डले हरेक पटक निर्वाचन क्षेत्र फेरेका छन् । २०६४ को संविधानसभा चुनावमा रोल्पा र काठमाडौं १० दुबै क्षेत्रबाट चुनाव जितेका उनी दोस्रो संविधानसभा–२०७० मा रोल्पा गएनन् । काठमाडौं १० मा पराजित भएका उनी सिराहा ५ मा निर्वाचित भएर सांसद बने ।२०७४ मा भने एमालेसँग वाम गठबन्धन गरेका प्रचण्ड चितवन ३ बाट निर्वाचित भए । तर पछिल्लो ५ वर्षमा प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा जति बजेट खन्याएका छन्, त्यहाँको राजनीति पनि त्यति नै गिजोलेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs