आजदेखि गठबन्धनको सिट बाँडफाँट कार्यदलले काम थाल्ने

  • कालिका खवर
  • सोमवार, साउन २३, २०७९
  • मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ।

    चुनावमा कहाँ कुन पार्टीबाट उठ्ने भन्ने सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेका थिए।

    उक्त कार्यदलले आज पहिलो बैठक गर्न लागेको छ। साउन २० मा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गरी जाने औपचारिक निर्णय गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए। सोही दिन सिट बाँडफाँटका लागि कार्यदल बनेको थियो।

    कार्यदलमा जसपाबाट सदस्य रहेका रामसहाय यादवले सोमबार अपरान्ह ३ बजे बालुवाटारमा कार्यदलको बैठक बस्ने सेतोपाटीलाई बताए। ‘आज कार्यदलको बैठक बस्दैछ। अब हामीले काम सुरू गर्छौं,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs