एमाले बागमतीले सबै जिल्लामा अग्रज सम्मान कार्यक्रम गर्ने

  • कालिका खवर
  • सोमवार, साउन २३, २०७९
  • नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले सबै जिल्लामा अग्रज सम्मान कार्यक्रम गर्ने भएको छ । आज प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको पदाधिकारी बैठकले प्रदेशभित्रका सबै जिल्लामा नेपालको कम्युनिस्ट आन्दोलनमा तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्ने अग्रणी ब्यक्तिहरुको खोजी तथा पहिचान गरि उनीहरूको सम्मानका लागी जिल्ला स्तरमा अग्रज सम्मान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

    बैठकले बुद्धिजिवीहरूको पनि कुरा सुन्ने निर्णय गरेको छ । बैठकले भाद्र १० गते काठमाडौंमा एक कार्यक्रम नै आयोजना गरेर बुद्धिजिवीका कुरा सुन्ने निर्णय गरेको छ । बैठकपछि प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभागका प्रमुख महेश बर्तौलाले एक विज्ञप्ति जारी गर्दै बुद्धिजीवीहरुको आँखामा नेकपा एमाले विषयमा समाजमा विभिन्न क्षेत्रका बुद्धिजीवीको सहभागितामा उनीहरूको एमालेप्रतिको आलोचना, सुझाव र टिप्पणी संकलन गरिने जानकारी दिनुभयो ।

    बैठकले प्रदेश लेखा समिति गठन गर्ने निर्णय समेत गरेको छ । प्रचार विभाग प्रमुख बर्तौलाका अनुसार बैठकले बागमती प्रदेश जनसंगठनहरुको बैचारिक, राजनीतिक तथा संगठनात्मक कामलाई ब्यबस्थित र प्रभावकारी ढंगले अगाडि बढाउन प्रदेश जनसंगठन समन्वय सम्यन्त्रको बैठक तत्काल बैठक तत्काल बोलाएर कार्ययोजना निर्णमा गर्ने निर्णय पनि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs