साउन २४ गते मंगलबारको राशिफल : यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहोस्

  • कालिका खवर
  • मङ्लबार, साउन २४, २०७९
  • काठमाडौं । आज मिति २०७९ असार २४ गते तदनुसार २०२२ अगस्ट ९ मंगलबार ।

    मेष – ARIES

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    प्रारम्भमा परिस्थिति अनुकूल नदेखिए पनि मिहिनेतले बिस्तारै सफलताको खुड्किलो चढ्न सकिनेछ। बुद्धिको उपयोगले चुनौतीहरूलाई पन्छाउन सफल भइनेछ। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। नयाँ काम तथा सीप सिक्ने अवसर प्राप्त हुनेछ। साताको उत्तरार्द्धमा पुरुषार्थले कीर्तिमानी दिलाउन सक्छ। गहिरो अध्ययनले पनि समस्या समाधान हुनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। रकम सञ्चय नभए पनि आयस्रोत बढ्नाले घर–परिवारका समस्या समाधान हुनेछन्।

     

    वृष – TAURUS

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    सुरुमा प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। उपहार तथा आतिथ्यपूर्ण सम्मान पाइनेछ। साेमवार र मंगलवार भने शारीरिक तथा मानसिक रूपमा कमजोर भइनेछ। अर्थअभावले कामको योजना रोकिन सक्छ। बिहीवार दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ र भाग्यले साथ दिनेछ। प्रयत्न गर्दा कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ। समस्या दर्साउँदा विशिष्ट व्यक्तिको साथ पाइनेछ। व्यापार–व्यवसायमा पनि उत्साह बढ्नेछ। सप्ताहान्तमा सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। कर्मयोगबाट प्रशस्त धन प्राप्त गर्न सफल भइनेछ।

     

    मिथुन – GEMINI

    का, कि, कु, घ, ङ, छ, के, को, ह

    प्रतिस्पर्धीहरू पछि हट्नाले काममा उत्साह जाग्नेछ। व्यापारमा राम्रो आम्दानी हुनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। रमाइलाे शैक्षिक तथा व्यावसायिक भ्रमण हुन सक्छ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बुधवारपछि स्वास्थ्य कमजोर रहनेछ र आम्दानी घट्नेछ। आँटेका काममा बाधा हुनेछ भने अप्ठ्यारो समयमा एक्लो भइनेछ। तापनि विशेष जिम्मेवारी पाइनेछ र दिगो काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा भने अधिक खर्च हुने र काम राेकिने सम्भावना छ।

     

    कर्कट – CANCER

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    अध्ययनमा ध्यान केन्द्रित हुनेछ। मिहिनेत एवं योग्यताले विशेष उपलब्धि दिलाउन सक्छ। आँट गर्दा ठूलै काम सम्पादन हुन सक्छ। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। रचनात्मक काममा प्रवृत्त भइएला। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिने सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। सप्ताहान्तमा भने स्वास्थ्य कमजाेर रहनेछ। काममा पनि वादविवादले केही समस्या निम्त्याउन सक्छ।

     

    सिंह – LEO

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    सुरुमा अस्वस्थता र घरेलु

    समस्याले काममा बाधा हुन सक्छ। आफ्ना कमजोरी बाहिरिनाले अवसरवादीहरू जुर्मुराउनेछन्। तापनि साेमवारदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा रुचि बढ्नुका साथै जेहेन्दार विद्यार्थीहरूको सपना पूरा हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। व्यवसायतर्फ प्रतिस्पर्धीहरू कमजाेर हुनेछन्। रचनात्मक काममा प्रवृत्त भइनेछ। व्यापारमा विशेष फाइदा हुनेछ। व्यवसायले यात्राकाे साइत जुराउन सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs