पप्पुसँग सम्झौता तोडेपछि तिनाउ र डण्डा नदीका पुल बनाउँदै नयाँ ठेकेदार

  • कालिका खवर
  • मङ्लबार, साउन २४, २०७९
  • आठ वर्षसम्म पुलको काम नगरी अलपत्र पार्ने ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोडेर अर्कै कम्पनीलाई निर्माणको जिम्मा दिएपछि भैरहवा-लुम्बिनी सडकखण्डको तिनाउ र डण्डा नदीका दुइटा पुलको निर्माणको काम अगाडि बढेको छ।

    हुलाकी राजमार्ग अन्तर्गत अत्यन्त व्यस्त रहने यो सडकखण्डका दुइटै पुलको निर्माणको लागि पप्पु कन्स्ट्रक्सन र बागमती निर्माण सेवाले ठेक्का सम्झौता गरेका थिए। तीन वर्षमै सक्ने गरी २०७१ साल असार २५ गते ठेक्का सम्झौता गरिए पनि आठ वर्षसम्म आधा पनि काम नगरी अलपत्र छोडेपछि ठेक्का सम्झौता तोडिएको थियो भने सरकारले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिसकेको छ।

    पुलका लागि खोलामाथि तीन वटा पिल्लर ठड्याएर ढलान गरिए पनि दुबैतर्फ वारिपारि नजोडी अलपत्र छोडिएको पुलको बाँकी निर्माणको लागि रमण रियल होम इन्फोटेक जेभी ललितपुरले ठेक्का सम्झौता गरी काम अगाडि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs