अशोक राई सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने

  • कालिका खवर
  • मङ्लबार, साउन २४, २०७९
  • जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन्।
    मंगलबार धरानमा जसपा धरानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले उक्त कुरा बताएका हुन्। अध्यक्ष राईले नेकपा एमालेको असफलताका कारण वर्तमान सत्ता गठबन्धनले सरकारको नेतृत्व गरेको बताए।

    उनले आगामी प्रदेश र संघको निर्वाचनमा सत्ता साझेदार गठबन्धन संयुक्त रूपमा चुनावी मैदानमा उत्रने बताए। उनले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा केही समस्या भएकाले यसको समाधानका लागि पहल भइरहेको बताए। उनले आफू सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरिरहेको पनि बताए।

    उनले २०७४ को संसदीय निर्वाचनमा धरानका जनताले आफूलाई दोस्रो स्थान दिएर माया गरेकाले पुनः यहीबाट चुनाव लड्ने मनसाय बनाएको बताए। उनले सिट बाँडफाँटमा सुनसरी क्षेत्र नम्बर १ नपाए पनि गठबन्धनले टिकट दिएको स्थानमा गएर पनि चुनाव लड्न तयार भएको बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs