शेयर बजार ४५ अङ्कले घटेर २०६० मा बन्द

  • कालिका खवर
  • मङ्लबार, साउन २४, २०७९
  • शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ४५ दशमलव ४२ अङ्कले घटेर दुई हजार ६० दशमलव ७३ विन्दुमा झरेको छ ।

    सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २२ वटा कम्पनीकाे ६६ लाख ४६ हजार कित्ता शेयर दुई अर्ब ८१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज गणपति लघुवित्तको शेयर सात प्रतिशतभन्दा धेरै तथा घलेम्दी हाइड्रो, पञ्चकन्यामाई हाइड्रो, न्यादी हाइड्रो, मध्य भोटेकोसी जलविद्युत र राष्ट्र उत्थान लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि हिमालयन हाइड्रो पावरको शेयर झन्डै १० र गुराँस लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs