एम्बर हर्डलाई एडल्ट फिल्म खेल्न एक अर्ब पारिश्रमिक प्रस्ताव

  • कालिका खवर
  • मङ्लबार, साउन २४, २०७९
  • हलिउड अभिनेत्री एम्बर हर्डले पछिल्ला केही महिनायता कठिन अवस्थाको सामना गरिरहेकी छन् । पूर्वपति जोनी डेपसँग मुद्दा हारेपछि पनि उनी प्रशंसकको आलोचनाको सिकार हुनुपर्‍यो ।

    यतिबेला अभिनेत्री हर्डलाई पैसाको जरुरत छ । अभिनेता डेपसँग मुद्दा हारेपछि अदालतले उनलाई १५ मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।यी संकटबीच एक एडल्ट वेबसाइटले अभिनेत्री हर्डलाई पोर्न फिल्म खेल्न प्रस्ताव गरेको छ । तुरुन्त पारिश्रमिक दिने वचन पनि उसले दिएको छ । महिलाको नेतृत्व रहेको एडल्ट कम्पनी जेन मोडल्सले हर्डलाई एक्स–रेटेड फिल्मको मुख्य भूमिकामा प्रस्ताव गरेको हो ।  हलिउड सञ्चारमाध्यमका अनुसार यो कुराको खुलासा आरएव वेबसाइटकी अध्यक्ष भेरोनिका म्याडजेरियनले हर्डका वकिल एलेन ब्रेडहोफ्टलाई लेखेको पत्रमार्फत भएको हो । फिल्ममा खेलेबापत १ अर्ब २८ करोड रुपैयाँ बराबरको पारिश्रमिक दिने कुरा त्यसमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs