दोहोरो नागरिकताको सिफारिस दिने वडा सचिव पक्राउ

  • कालिका खवर
  • बुधबार, साउन २५, २०७९
  • दोहोरो नागरिकताको सिफारिस दिने उमाकुण्ड गाउँपालिका ४ प्रितीकी वडा सचिव पदमकुमारी बस्नेतलाई आज बुधवार प्रहरीले पक्राउ गरेको छ । वडा सचिवले बस्नेतले आफ्नै गाउँकी नाता पर्ने प्रितीकी निर्मला बस्नेतलाई नाम परिवर्तन गरी फेरि दोस्राे पटक नागरिकता बनाउन वडाबाट सिफारिस दिनुभएकाे थियाे । निर्मलाले यसअघि नै जिल्ला प्रशासन कार्यालय रामेछापबाट नागरिकता लिइ सक्नुभएकाे थियाे ।

    बस्नेतले आफ्नै बहिनीको विद्यालयकाे प्रमाणपत्रकाे आधारमा वडाबाट सिफारिस लिएर दोहोरो नागरिकता लिन जिल्ला प्रशासन कार्यालय रामेछापमा कागजात पेस गर्नुभएकाे थियाे । बस्नेतले पेस गरेको कागजातको आधारमा कार्यालयमा भएको रेकर्ड भिडाउँदा यसअघि नै नागरिकता लिइसकेको देखेपछि शङ्का गरी सोधपुछ गर्दा दोहोरो नागरिकता लिन खोजेको देखिएपछि प्रशासनले कागजात नियन्त्रणमा लिएको थियो ।

    त्यसपछि प्रशासनले बस्नेतको नागरिकताका लागि सिफारिस गर्ने वडा सचिव पदमकुमारी बस्नेतलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयाे ।

    दोहोरो नागरिकताको सिफारिस दिने वडा सचिवलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ । अनुसन्धानपछि सिफारिसको विषयमा थप विवरण आउन सक्ने र साथै अन्य व्यक्ति पनि यसमा संलग्न भए/नभएको यकिन हुने उपरीक्षक थिङले बताउनुभयाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs