काठमाडौं । एमसीसीको आयोजना कार्यान्वयन गर्ने नेपालस्थित निकाय एम सि सि नेपाल दोधारमा छ, कार्यालय होटल याक एन्ड यतिबाट सार्ने कि नसार्ने ?
सकेसम्म पाँचतारे होटलबाट नसर्नका लागि एमसीएले जोड लगाएको लामै समय भयो । तर, अर्थमन्त्री जनार्दन शर्माले हालसालै एमसीए नेपाललाई चालु खर्च घटाउन नयाँ ठाउँ खोजेर सरिहाल्न निर्देशन दिएका छन् । अझै एमसीएको अडान छ, ‘भएको ठाउँबाट सरेर कहाँ जाने, नयाँ ठाउँमा सुरक्षा प्रबन्ध कसरी हुन्छ ?’ अर्थमन्त्रीले सर्न निर्देशन दिनुको कारण हो, होटललाई बुझाइरहेको मासिक १४ लाख रुपैयाँ घर भाडा । वर्षमा झण्डै डेढ करोड रुपैयाँ भाडामै खर्चिने एमसीएको चालु खर्चको दर उच्च छ ।