सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक सुरु

  • कालिका खवर
  • बिहिबार, साउन २६, २०७९
  • सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गठबन्धका दलबीच सिट बाँडफाँटका आधारबारे छलफल सुरु भएको छ ।

    चुनावमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुन सकेको छैन । गएको २३ गते बसेको कार्यदलको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।

    कांग्रेसका नेता कृष्ण सिटौला प्रमुख रहेको कार्यदलले एक सय ६५ निर्वाचन क्षेत्रसहित प्रदेश क्षेत्र बाँडफाँटका बारेमा छलफल गरी शीर्ष नेतृत्वहरूलाई सुझाव पेस गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs