अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धादिङ-काठमाडौं कमिटीले एसइई परिक्षामा उतीर्ण धादिङ जिल्लाका विद्यार्थीहरुलाई काठमाडौंमा सम्मान गरेको छ ।
जिल्लाभरका २.४ जिपीए भन्दा माथि अंक ल्याई उर्तीण भएका विद्यार्थीहरुलाई बुधबार काठमाडौंको सोर्हखुट्टे स्थित लेखनाथ साहित्य सदनमा सम्मान गरेको हो । कार्यक्रममा करिब १५० जना विद्यार्थीहरु सहभागिता थिए ।
सम्मान कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटीको सदस्य एवम् अनेरास्ववियुको इन्चार्ज माधव ढुङ्गेल, अनेरास्ववियुका केन्द्रिय महासचिव समिक बडाल, उपमहासचिव नारायण घर्ती, हिसानका केन्द्रीय सचिव राजेन्द्र अधिकारी लगायत नेता कार्यकर्ताहरु तथा विभिन्न कलेजका प्रधानध्यापक तथा प्रतिनिधि सहभागी थिए । भने कार्यक्रमको अध्यक्षता अनेरास्ववियु धादिङ-काठमाडौं सम्पर्क कमिटिका अध्यक्ष आर के थपलियाले गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रथम, द्दितिय, तृतीय र सामुदायिक विद्यालयबाट प्रथम, द्दितिय ,तृतीय ल्याउने विद्यार्थीलाई प्रमाणपत्र र मेडलबाट सम्मान गरिएको छ ।