चरण १ : चार दिन भिजाएर टुसा उम्रिएको गेडागुडीलाई एउटा ठूलो भाँडामा राखेर राम्ररी पखाल्ने ।
चरण २ : ग्याँस चुलोमा कुकुर बसालेर त्यसमा सफा गरिएको गेडागुडी राख्ने, झोलको मात्रा अनुसार पानी राख्ने । त्यसपछि स्वाद अनुसार नुन र बेसार राखेर बिर्को लाएर ठिक्कको आगोमा कम्तीमा पाँच सिट्ठी लगाएर आधा घण्टा पकाउने ।
चरण ३ : अब ग्याँस चुलोमा कराही बसाल्ने र राम्ररी तातेपछि त्यसमा थोरै तेल राखेर जिरा फुराउने । जिरा खैरो भएपछि मसिनो गरी काटिएको प्याजलाई पनि राखेर राम्ररी चलाउने ।
चरण ४ : प्याज पनि राम्ररी भुटिसकेपछि अदुवा लसुनको पेस्ट राखेर पनि राम्ररी चलाउने र अघि पकाएर राखिएको कुकरको क्वाँटीलाई त्यो कराहीमा खन्याउने ।
चरण ५ : अब बाँकी भएको मसला जिरा धनियाँको धुलो, धुलो खुर्सानी, गरम मसला राखेर राम्ररी चलाउने ।
चरण ६ : धेरै सुप बनाउने हो भने आवश्यकता अनुसार पानी थप्ने र राम्ररी उम्लिन दिने ।
चरण ७ : ग्याँस स्टोभको अर्को चुलोमा तावा बसाल्ने र त्यसमा तोरीको तेल राखेर राम्ररी खारिएपछि ज्वानो राख्ने । ज्वानो खैरो खैरो भएपछि ग्याँसलाई बन्द गर्ने र क्वाँटीमा त्यो ज्वानो राखेर झान्ने ।
चरण ८ : अब क्वाँटी तयार हुन्छ । त्यसपछि मसिनो गरी काटिएको हरियो धनियाँ राख्ने र ग्याँस बन्द गर्ने । यसको सुप खानासँग र खाजाको रूपमा खान सकिन्छ ।