अभिनेता अनुपविक्रम कांग्रेस प्रवेश, काठमाडौं ५ बाट उम्मेद्बारी दिने तयारी

  • कालिका खवर
  • शुक्रबार, साउन २७, २०७९
  • अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए ।

    मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए ।

    अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए । ‘म यसअघि कुनै पनि पार्टीमा आवद्ध थिइन् । पहिलो पटक कांग्रेससँग आवद्ध भएको हुँ,’ उनले भने, ‘कांग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो । अब बुझ्दै जाँदा अरुभन्दा कांग्रेस नै ठीक लाग्यो ।’

    अभिनेता शाही नेपाली काङ्ग्रेसबाट काठमाडौं ६ मा उम्मेद्बारी दिने तयारीमा छन । पार्टीले टिकट दिए आफू उमेदवार बन्ने तयारीमा छ्न ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs