धादिङ क्षेत्र न. १ मा एमालेबाट ६ जनाको दाबि

  • कालिका खवर
  • शुक्रबार, साउन २७, २०७९
  • सरकारले आउँदो मङ्सिर ४ गते निर्वाचन घोषणा गरेको छ । काङ्ग्रेस, माओवादी, एस, जसपा र जनमोर्चा ५ दलीय गठबन्धनले साझा उमेदवार उठाएर चुनावमा जाने भएको छ भने नेकपा एमालेले भने एक्लै लड्ने वा साना दलसंग मिलेर जाने केही निर्णय गरेको छैन । बाबुराम भट्टराई नेतृत्वको दलले ५ दलिय गठनबन्धनमा जाने सङ्केत गरेको छ । त्यस्तै लोसपा र राप्रपाले अहिले केही पनि निर्णय गरेको छैन । त्यस्तै रबि लामिछानेको नेतृत्वको रास्ट्रीय स्वतन्त्र पार्टी, डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेसम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि चुनावमा ससक्त सहभागी जनाउदै छ ।

    धादिङमा चुनावी सरगर्मी बढ्न थालेको छ । चुनावी मिति घोसणा भएपछी नेकपा एमाले धादिङ क्षेत्र न. १ मा आकाङ्क्षीहरु देखिन थालेको छ ।  धादिङ १ मा मात्रै एमालेबाट ६ जनाको दावेदारी देखिएको छ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा  विभिन्न आकलन र बहस सुरु भएको छ। २०४८ शाल देखी एमालेको गडको रुपमा  देखिएको थियो । तर  स्थानिय  तहको निर्वाचनमा भने गठबन्धनका कारण केही कमजोर देखियो । यो क्षेत्रमा  एमाले फुटको असर पनि राम्रै देखिएको छ । यस क्षेत्रमा  प्रतिनिधि सभा सदस्य तथा प्रदेससभा सदस्यको लागि एमाले लेखा आयोगका अध्यक्ष पुस्प कडेल,  वर्तमान सांसद भूमि त्रिपाठी,  युवा नेता रमेशकुमार आचार्य, केन्द्रिय सल्लाहकार परिषद् सदस्य जगन्नाथ नेपाल, केन्द्रीय लेखा आयोग सदस्य मीनराज कडेल, एमाले शिक्षक संघको अध्यक्ष तथा जिफण्ट महासचिव लक्षमण शर्मा को दावी रहेको छ ।           डा. पुष्प कंडेल एमाले धादिङका सबैभन्दा सिनिएर नेताका रुपामा रहेका छन  । योजना आयोगका उपाध्यक्ष भैसकेका कंडेल अहिले एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष छ्न । कंडेलले दावी गरे प्रतिनिधिसभाको टिकट उनैले पाउने एमाले बृतमा चर्चा छ ।

    भूमि त्रिपाठी नेकपा एमाले धादिङको अध्यक्ष र वर्तमान सांसद समेत हुन । २०५४ शालमा धादिङ-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्ष हुँदै पार्टी जिल्ला कमिटी सदस्य,सचिव हुँदै हाल दोस्रो कार्यकाल अध्यक्ष रहेको छन्। त्रिपाठि फेरि निर्वाचन लड्ने तयारीमा छन ।

    त्यस्तै अर्का दावेदार हुन, युवा नेता रमेश कुमार आचार्य  । आचार्यले अनेरास्ववियु धादिङको सदस्य,सचिव,अध्यक्ष,केन्द्रीय सदस्य,सचिवालय सदस्य हुँदै, युवासंघको सचिवालय सदस्य , सचिव र महासचिवको समेत जिम्मेवारी बहन गरी सकेका छन ।  ६ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वकीय सचिवको रूपमा समेत काम गरी सकेका आचार्य अर्का बलिया दावेदार हुन ।

    जगन्नाथ नेपाल जिल्लाको संस्थापक नेता हुन । अहिले पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारीमा छन् । पार्टीको जिल्ला कमिटी प्रदेश कमिटीमा समेत काम गरिसकेका नेपाल जिल्ला समन्वय समिति धादिङको निबर्तमान प्रमुख समेत हुन । पार्टी नेताहरूले सहमतिमा उम्मेदवार हुन अनुरोध गरेमा नाइँ नभन्ने नेपाल बताउछन ।

    मीनराज कँडेल हाल नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य हुन । जिल्ला कमिटी सदस्य,उपसचिवको समेत जिम्मेवारी निर्वाह गरी सकेका कँडेल सहकारी क्षेत्रको अगुवा मानिन्छन । उनको मान्यता पनि पार्टीले उम्मेदवार हुन सर्वसम्मत सिफारिस गरे पछि नहट्ने नै देखिन्छ ।

                   शिक्षक संगठनका अध्यक्ष भैसकेका लक्षण शर्मा सत्यवती मा.वि. का प्रधानध्यापक हुन । सरल स्वभावका शर्माले एमाले धादिङमा राम्रो छवि बनाएका छ । शर्मा हाल ट्रेड युनियन जिफन्टका महासचिव हुन । पार्टीले टिकेट दिए आफू पछि नहट्ने शर्माले जनाए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs