‘प्लेयर अफ दि इयर’ को मनोनयन सार्वजनिक, मेसी र रोनाल्डो शीर्ष १५ मा परेनन्

  • कालिका खवर
  • शनिबार, साउन २८, २०७९
  • पुरूषको प्लेयर अफ दि इयर मनोनयनतर्फ शीर्ष तीनमा म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना, रियल मड्रिडका करिम बेन्जिमा र थिवाउट कोर्टुइस छन्। गोलकिपर कोर्टोइस र बेन्जेमाले च्याम्पियन्स लिग जितेका समेत हुन्।

    यो सूचीको शीर्ष १५ मनोनयनमा लियोनल मेसी, नेइमार र क्रिस्टियानो रोनाल्डो अटाएनन्।

    बाँकी शीर्ष १५ भित्र परेका खेलाडीहरू
    ४ रोबर्ट लेवान्डोस्की (बायर्न, हाल बार्सिलोना र पोल्याण्ड)
    ५ लुका मोड्रिच (रियल म्याड्रिड र क्रोएसिया)
    ६ साडियो माने (लिभरपुल, हाल बायर्न र सेनेगल)
    ७ मोहम्मद सलाह (लिभरपुल र इजिप्ट)
    ८ केलियन एम्बाप्पे (पिएजी र फ्रान्स)
    ९ भिनिसियस जुनियर (रियल म्याड्रिड र ब्राजिल)
    १० भर्जिल भान डाइक (लिभरपुल र नेदरल्याण्ड्स)
    ११ बर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी र पोर्चुगल)
    १२ फिलिप कोस्टिक (इन्ट्राक्ट फ्रान्कफर्ट र सर्बिया)
    १३ लोरेन्जो पेलेग्रिनी (रोमा र इटाली)
    १४ ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्ड (लिभरपुल र इङ्गल्याण्ड)
    १५ फाबिन्हो (लिभरपुल र ब्राजिल)

    युइएफएले रियलका कार्लो एन्सेलोटी, सिटीका पेप ग्वार्डिओला र लिभरपुलका जर्गेन क्लोपसहित पुरूष म्यानेजर अफ द इयर अवार्डका लागि छनोट सूची पनि सार्वजनिक गरेको छ।

    वर्षको उत्कृष्ट महिला खेलाडी र वर्ष प्रबन्धकको मनोनयन पछि सार्वजनिक गरिने भएको छ।

    सबै विजेताको घोषणा आगामी अगष्ट २५ मा इस्तानबुलमा च्याम्पियन्स लिगको समूह चरणको ड्र समारोहमा गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs