इँटा बोकेको ट्रक त्रिशूली नदीमा खस्यो

  • कालिका खवर
  • शनिबार, साउन २८, २०७९
  • चितवनको इच्छाकामनामा इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–५ नाग्दी खोला नजिकबाट बिहान ना ७ ख ७१०३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।

    ट्रक पानीमा डुबेको अवस्थामा छ । ट्रकमा कति जना रहेका थिए खुलिनसकेको चितवन प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs