धादिङ क्षेत्र न. २ मा एमालेबाट ७ जनाको दाबि

  • कालिका खवर
  • शनिबार, साउन २८, २०७९
  • सरकारले आउँदो मङ्सिर ४ गते निर्वाचन घोषणा गरेको छ । काङ्ग्रेस, माओवादी, एस, जसपा र जनमोर्चा ५ दलीय गठबन्धनले साझा उमेदवार उठाएर चुनावमा जाने भएको छ भने नेकपा एमालेले भने एक्लै लड्ने वा साना दलसंग मिलेर जाने केही निर्णय गरेको छैन । बाबुराम भट्टराई नेतृत्वको दलले ५ दलिय गठनबन्धनमा जाने सङ्केत गरेको छ । त्यस्तै लोसपा र राप्रपाले अहिले केही पनि निर्णय गरेको छैन । त्यस्तै रबि लामिछानेको नेतृत्वको रास्ट्रीय स्वतन्त्र पार्टी, डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेसम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि चुनावमा ससक्त सहभागी जनाउदै छ ।

    धादिङमा चुनावी सरगर्मी बढ्न थालेको छ । चुनावी मिति घोसणा भएपछी नेकपा एमाले धादिङ क्षेत्र न. २ मा आकाङ्क्षीहरु देखिन थालेको छ ।  धादिङ २ मा मात्रै एमालेबाट ७ जनाको दावेदारी देखिएको छ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा  विभिन्न आकलन र बहस सुरु भएको छ । २०७० शाल देखी एमालेको गडको रुपमा  देखिएको थियो । तर  स्थानिय  तहको निर्वाचनमा भने गठबन्धनका कारण केही कमजोर देखियो । यो क्षेत्रमा  एमाले फुटको असर पनि राम्रै देखिएको छ । यस क्षेत्रमा  प्रतिनिधि सभा सदस्य तथा प्रदेससभा सदस्यको लागि एमाले केन्द्रिय सदस्य खेम प्रसाद लोहनी, केन्द्रिय सदस्य जानुका सिंखडा, वर्तमान प्रदेश सभा सांसद डा. राम कुमार अधिकारी,  एमाले धादिङ उपाध्यक्ष संविधानसभा संसद धन बहादुर घले, पुराना नेता रामहरी अधिकारी,  त्रिपुरासुन्दरी गाउपालिकाका पुर्व अध्यक्ष शम्भु थापा र एमाले धादिङ सचिव अर्जुन श्रेष्ठ `गोर्खाली´ छ्न ।

    नेकपा एमालेका केन्द्रिय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा संसद खेम लोहनी बलिया दावेदार हुन । जिल्ला कमिटी सदस्य, अध्यक्ष हुँदै प्रदेस कमिटी सचिव तथा जिल्ला बिकास समिती सभापती भैसकेका लोहनी अहिले केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज छ्न ।

    अर्का केन्द्रिय सदस्य जानुका सिंखडा अर्का दावेदार हुन । सिंखडा एमाले धादिङको सह इन्चार्ज समेत हुन । महिला संघका विभिन्न तह तथा पार्टी जिल्ला कमिटी हुँदै केन्द्रिय सदस्य बनेकी सिंखडा ज्वालामुखी गाउपालिका निवर्तमान  उपाध्यक्ष हुन । बलियो दावेदार हुदाहुदै पनि  सिंखडा समानुपातिकमा बस्ने सम्भावना प्रवल छ ।

    प्रदेससभा संसद डा. राम कुमार अधिकारी अर्का उमेदवार हुन । प्रदेश सभाको स्वास्थ राज्यमन्त्री बनिसकेका अधिकारीको धादिङमा राम्रो छवि छ । गठबन्धनलाई परास्त पार्न आफू उमेदवार हुने अधिकारी दावी गर्छ्न ।

    जिल्ला कमिटी उपाध्यक्ष तथा संविधान सभा सदस्य धनबहादुर घले अर्का दावेदार हुन । २०७० को दोस्रो संविधानसभाको चुनावमा साबिक क्षेत्र न.१ मा एमालेको पहिलो जित निकालेका घले बलिया उम्मेद्बारमा प्रदछ्न । पार्टीले आफुलाई उमेद्वार बनाए ५ दलिय गठबन्धनलाई सजिलै पछार्ने उनको दावि छ ।

    पार्टीका पुराना नेता राम हरी अधिकारी अर्का दावेदार हुन । पहिलो संविधानसभा चुनावमा साबिक क्षेत्र न. १ बाट उमेदवार बनेका अधिकारी त्यागी नेतामा प्रदछन । पार्टीले अगि सारे आफू पछि नहट्ने अधिकारी बताउछ्न ।

    अर्का दावेदार हुन, शम्भु थापा । एमाले  धादिङका पुराना नेता थापा जिल्ला कमिटी सदस्य, उपसचिव हुँदै त्रिपुरासुन्दरी गाउपालिकाका अध्यक्ष समेत बनिसके । सादा, हसिलो सोभावका थापा आफुलाई पार्टीले प्रतिनिधिसभा तथा प्रदेश सभाको  टिकेट दिए पछि नहट्ने बताउछ्न ।

    अर्का दावेदार हुन अर्जुन श्रेष्ठ `गोर्खाली´ । युवा संघबाट राजनिती सुरु गरेका गोर्खाली युवा संघ धादिङ सदस्य, अध्यक्ष हुँदै पार्टी जिल्ला कमिटी सदस्य र हाल पार्टी जिल्ला सचिव छन । २०७४ स्थानीय तह निर्वाचनमा निलकण्ठ नगरपालिकाको मेयरमा काङ्ग्रेस-माओवादी गठबन्धन संग पराजित भएका थिए । आफुलाई प्रदेश सदस्यको टिकट दिएर न्याय गर्नुपर्ने उनको दावी छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs