एमाले एक्लैले १०९ सिट जित्छ

  • कालिका खवर
  • शनिबार, साउन २८, २०७९
  • नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आगामी चुनावमा सबै दल मिलेपनि एमालेले ३९ सिट जित्ने बताएका छन् । बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा भट्टराईले एमाले एक्लैले ३९ सिट जित्ने बताएका हुन् ।

    ‘१६५ निर्वाचन क्षेत्रमध्ये ३९ ठाउँमा सबै दल मिले पनि एमालेले जित्ने तथ्याङ्क अध्यक्षलाई बुझाएका छौं’, भट्टराईले भने । बाँकी ७० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने उनले बताए । उम्मेदवार चयन, पार्टीभित्रको एकता र चुनावी माहोल राम्रो बनाउन सक्दा ती ७० क्षेत्रमा पनि एमालेले जित्ने भट्टराईले बताए । एमालेले ५ सिट जित्छ भन्नेहरुले स्थानीय चुनावको नतिजा बिर्सेको भट्टराईले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs